रोटरी क्लब विराटनगर मिडटाउनद्धारा न्यानो कपडा बितरण

<span class='c1'>रोटरी क्लब विराटनगर मिडटाउनद्धारा</span> <span class='c2'>न्यानो कपडा बितरण</span>

विराटनगर । मोरङको कोनेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा स्विहीटर बितरण गरेको छ । रोटरी क्बल विराटनगर मिड टाउनले बिहीबार स्कूल परिसरमा ५० थान जाडोमा लगाउने स्विहीटर विद्यार्थीहरूलाई बितरण गरेको हो ।


ग्रामिण क्षेत्रमा रहेर अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरि अभिभावको मन जित्दै आएको सरस्वती आधरभूत विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जाडोमा लगाउने स्विहिटर बितरण गरिएको रोटरी क्बल विराटनगर मिड टाउनका अध्यक्ष पुण्य भट्टराईले जानकारी दिए ।

उक्त क्बलले यस अघि पनि सो स्कूललाई १ सय ५० थान टाइ र बेल्ट वितरण गरेको थियो । ‘सामाजिक कार्य अनुसार हामीले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको हो,’ क्लबका अध्यक्ष भट्टराईले भने, ‘आगमी दिनमा पनि रोटरी क्बल विराटनगर मिडटाउनले स्कूलमा अध्ययरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै अगाडी बढने छ ।’ भट्टराईले नेतृत्व समालेको रोटरी क्लबले आफ्नो कार्यकाल भरी सामाजिक गतिबिधीको कार्यक्रम पनि गर्ने कार्ययोजना बनाएर उनी अगाडी बढेका छन् ।
कार्यक्रममा रोटरी क्बल विराटनगर मिडटाउनका पूर्व अध्यक्षहरू घनश्याम राठी, रामअवतार आग्रवाल, भौरव प्रसाद रिजाल, क्लबका भावी अध्यक्ष जयकमल अग्रवाल, क्लबका निर्देशकमा कुमार खतिवडा, स्कूलका प्रधानध्यापक चन्द्र मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीको उपस्थितीमा विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा बितरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्