नेकपा मोरङले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

<span class='c1'>नेकपा मोरङले पठायो</span> <span class='c2'>प्रधानमन्त्रीलाई ज्ञापनपत्र</span>

विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक रहेकोले त्यसलाई सच्याउन माग गर्दै नेकपा मोरङले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा नेपालको संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको उल्लेख छ ।

प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष रहने संविधानको स्पष्ट व्यवस्था हुँदाहुँदै बिचैमा प्रतिनिधि सभा विघटन गरेर जनमतमाथि अपमान र कुठाराघात भएकोले ज्ञापन पत्र मार्फत त्यसलाई तत्काल सच्याउन माग गरिएको छ । यसैबीच अनेरास्ववियुले पनि प्रधानमन्त्रीलाई संविधानको राम्रो अध्ययन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत संविधानको किताब पठाएको छ । प्रमुख जिल्ला अधिकारीले प्राप्त ज्ञापन पत्र तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाइने जानकारी गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्