महेन्द्र चौक–ट्राफिक चौकसम्मको सडक सिक्किमको एमजी रोडको अवधारणामा स्तरोन्नती गरिने

महेन्द्र चौक–ट्राफिक चौकसम्मको सडक सिक्किमको एमजी रोडको अवधारणामा स्तरोन्नती गरिने

प्रेम देवान
विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भएको छ । भारतको सिक्कीम राज्यको गान्तोकमा रहेको महात्मा गान्धी रोड (एमजी रोड) स्वरुपमा परिवर्तन गर्ने गरि विराटनगर महानगरपालिकाले योजना अगाडी सारेको हो ।

उक्त सडकलाई आगामी दशैंसम्ममा पूर्ण स्वरुप परिवर्तन गरि सक्ने महानगरको योजना छ । सोहि योजना कार्यन्वयनको चरणमा रहेको दावी गरिएको छ । १ सय ५० मिटर दुरी रहेको हिमालय रोडलाई नयाँ स्वरुप दिन लागिएको छ । करिब २ करोड ७५ लाख रुपैयाँ खर्च हुने आकंलन गरिएको यस परियोजनाका लागि पहिलो चरणमा ठेक्कामार्फत ८० लाखको बजेटमा काम थालनी गरिने विराटनगर महानगरपालिकाका ईन्जिनियर अनिल सिंहले जानकारी दिनुभयो ।

विराटनगरको सुन्दरतालाई थप मदत पुर्याउन र पर्यटकलाई आर्कषण गर्न महानगरले काम थालनी गरेको सिंहले बताउनु । हिमालय रोड नामले चिनिदै आएको उक्त रोडलाई स्वरुप परिवर्तन पछि के नाम दिने भन्ने बारे अहिले खुलाइएको छैन ।
सिक्किमको एमजी रोड कै डिजाईनमा बन्न लागेको रोडमा घुम्न आउनेहरुलाई बस्ने ठाँउ, सडक मै खान सकिने गरिको स्ट्रिट फुडका स्टलहरु , सडकको दुबै किनारमा आकर्षक रंगरोगन सहितको मार्बल ओछ्याउनको साथै फुलका गमला राखेर साज सजावट गरिने महानगरले जनाएको छ ।

साथै रोडमा रातको समयमा बिद्युत जाँदा पनि बत्ती बलिरहने गरि सोलार बिजुली, र सिसि क्यामारा जडित आकर्षित मुर्तिहरु राखिने भएको छ । सडकको दुबै किनारमा भएका भवनहरुलाई आकर्षक रंग लगाइने भएको छ ।
विराटनगरको ट्राफिक चौक देखी महेन्द्र चौक सम्म बनिरहेको पिच सडक पनि अहिले उक्त योजनाको लागी भनेर रोकिएको छ । नयाँ स्वरुपमा बनिसकेपछि उक्त सडकमा कुनै पनि सवारी साधन पार्किङ गर्न निषेध गर्ने तर एमजि रोड जसरी सवारी साधनलाई प्रवेश मै रोक भने नलगाउने भएको छ । उता महानगरले थालनि गरेको यस योजना प्रति भने स्थानिय व्यापारीहरुले असन्तुष्ट जनाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्