विराटनगरमा रिफ्लेक्टरसहितका साइकल अभियान

विराटनगरमा रिफ्लेक्टरसहितका साइकल अभियान

विराटनगर । विराटनगरमा साइकलमा अनिवार्य रिफ्लेक्टर जडान गरिनुपर्ने अभियान सुरु गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक कार्यलय मोरङ्गका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काको पहलमा साइकल पछाडी रिफ्लेक्टर जडान अभियान सुरु गरिएको हो ।

साइकल पछाडी पहेंलो रंगको टल्कने रिफ्लेक्टर जडान गर्न थालिएको छ । उक्त रिफलेक्टर टलकदार भएका कारण रातको समयमा टल्किने गर्छ र पहेलो रंग अन्य रंग भन्दा पारदर्शी हुने भएका कारण देख्न सकिन्छ । जसले गर्दा दुर्घटना न्यूनिकरण सहयोग गर्ने दावी प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

 

हालसम्म विराटनगरका ५५० भन्दा बढी साइकलमा रिफ्लेक्टर जडान गरिएको पुष्पलाल चोकका ट्राफिक प्रहरी वीटका इन्चार्ज गणेश दाहालले बताउनुभयो । जसमध्ये तिनपैनी देखि पुष्पलाल चोकका २ सय बढी साइकलमा रिफ्लेक्टर जडान गरिएको उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्