पूर्वप्रधानन्याधिशको संगठित वक्तव्यबाजी जर्बरजस्त दृष्टिकोण तयार गर्ने योजना

पूर्वप्रधानन्याधिशको संगठित वक्तव्यबाजी जर्बरजस्त दृष्टिकोण तयार गर्ने योजना

विराटनगर । नेकपा ओली समूहका नेता तथा सरकारका मन्त्रीहरुले पूर्व प्रधानन्याधिशहरुको संगठित व्यक्तव्यबाजी जर्बरजस्त भ्रम सिर्जना गर्न जारी भएको आरोप लगाउनु भएको छ । बुद्धीजीवी परिषद् मोरङले शनिबार विराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरुले भ्रम सिर्जना गर्ने गरि जारी भएको व्यक्तव्यबाजीको पछि लाग्न नहुने बताउनु भएको हो ।

कार्यक्रममा पराराष्ट्र मन्त्री समेत रहनु भएका नेकपा ओली समूहका प्रवक्ता प्रदिप ज्ञवालीले दवाव र प्रभावमा पार्ने गरि सार्वजानिक व्यक्तव्य संविधानले तोकेको जिम्मेवारी भन्दा बाहिरबाट आएको बताउनुभयो । मानव अधिकार आयोगको अध्यक्ष बाहेक संगठित रुपमा कुनै जिम्मेवारी नपाउने पूर्वप्रधानन्याधिशहरुको वक्तव्यबाजी अदालति प्रक्रियालाई प्रभावित पार्ने योजनामा आएको बताउनुभयो ।

राजनीतिक परिवेश यस स्थानमा आउनुका कारण धेरै कोणबाट सिर्जना भएको बताउँदै जनादेशमा जाने कुराले लोकतान्त्रिक विधि र प्रक्रियालाई बलियो बनाउने मन्त्री ज्ञवालीले बताउनुभयो । राजनीतिमा नैतिक सहयोग जरुरी हुन्छ, मन्त्री ज्ञवालीले भन्नुभयो–प्रधानमन्त्रीलाई आफ्नै पार्टीपंक्तिले गरेको असहयोगले देश नयाँ मोडमा उभिएको हो, यस परिस्थितिलाई सबैले त्यसरी नै बुझ्न पर्दछ ।

संसद बिघटनको पक्षमा विपक्षमा उभिन पाउने भएपनि राजनीतिमा लोकतान्त्रिक विधि विपरित जान नमिल्ने बताउनुभयो ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गर्दै शक्तिशाली कम्यूनिष्ट पार्टी गठन गर्न सफल प्रधानमन्त्री विरुद्ध इतिहासमा असफल भईसकेका आफ्नै दलका नेताहरुले मोर्चाबन्दी गरेको आरोप लगाउनुभयो ।
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रधानमन्त्रीको योजना समेत सफल हुन नदिने गरि षड्यन्त्र भएको उहाँले बताउनुभयो । पुर्नगठित नेकपाको नेतृत्व केपी शर्मा ओलीले गर्नुपर्ने अवस्था आएको मन्त्री ढकालको भनाई थियो ।
मन्त्री ढकालले अर्को समूह सडकमा आएकोमा स्याबासी दिदैं भन्नुभयो–अबदेखि सत्तामा नपुग्ने पनि पक्का छ । जनताले सधैं जालझेल र षड्यन्त्र गर्नेहरुको हिसाब राखेर बसेको बताउँदै मन्त्री ढकालले कहिल्यै सफल नहुनेलाई परास्त गरेरै छाड्ने बताउनुभयो ।

मुख्यमन्त्री राईको आक्रोश

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्डको फुटाउ र शासन गर भन्ने नियतका कारण कम्यूनिष्ट पार्टी विभाजनको दिशामा गएको बताउनुभयो । संघीय सरकार र पार्टी कब्जा गर्न नसकेपछि प्रदेश सरकार कब्जा गर्ने योजनामा प्रचण्ड–माधव नेपाल समूह अहिले गलत नियमसहित लागि परेको मुख्यमन्त्री राईको कडा आक्रोश थियो ।
संविधान र दलको विधानको समेत नपढिकन हतास मनस्थितिसहित उनीहरु लागेका छन्, मुख्यमन्त्री राईले भन्नुभयो– सफल हुने त छैनन्, उनीहरुको नियत नै गलत छ, त्यसलाई प्रदेशसभा सदस्यहरुले बिफल बनाउनु हुनेछ ।
संघीयतालाई असफल बनाउने योजनामा रहेका उनीहरु विरुद्ध त्यसको पक्षमा उभिएको आफ्नो पक्ष सफल हुने मुख्यमन्त्री राईको विश्वास थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्