खैरो हिरोईन बोकेर आउँदै गरेका अग्रवाल कारसहित विराटनगरमा पक्राउ

खैरो हिरोईन बोकेर आउँदै गरेका अग्रवाल कारसहित विराटनगरमा पक्राउ

विराटनगर । भारतको जोगबनीबाट खैरो हिरोईन बोकेर आउँदै गरेको अवस्थामा विराटनगर–१३ बाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी राजमार्ग जतुवाबाट लागु औषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मे १ च ५८६२ नं. को कारलाई चेकजाँचको क्रममा कार चालक किसन अग्रवालको साथबाट खैरो हिरोईन बरामद गरेको हो ।

झापा गौरादह ८ स्थायी घर भई हाल दमक नगरपालिका वडा ७ बगैचा टोल बस्ने ३६ वर्षीय अग्रवालले लगाएको जिन्सको ज्याकेटको दाहिने गोजीबाट अन्दाजी ३ ग्राम १६० मिली ग्राम खैरो हिरोईन बरामद गरिएपछि उनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले अग्रवलालाई नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान गरिरहेको प्रवक्ता राईले बताउनुभयो । उनी कारोबारी भएको प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्