विराटनगरमा बाबुराम भट्टराईको दावी, आफैं हार्ने चुनाव गराउँदैनन् ओली

विराटनगरमा बाबुराम भट्टराईको दावी, आफैं हार्ने चुनाव गराउँदैनन् ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफैं हार्ने चुनाव गराउन केपी ओली कुनै हालतमा तयार नहुने दावी गर्नु भएको छ । विराटनगरमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले हिटलर प्रवृति बोकेका ओलीले चुनाव गराउन संसद विघटन नगरेको दावी गर्नु भएको हो ।

प्रतिनिधिसभा विघटन विरुद्ध पार्टीले आयोजना गरेको विरोध सभामा भट्टराईले राजनीतिलाई अन्यौलता प्रदान गर्ने मनसाय राखेका ओली विरुद्ध छिमेकी देशले समेत दवाव दिनुपर्नेमा जोड दिनुभएको थियो ।
छिमेकी मुलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोकेको आशंका भईरहेको बताउँदै भट्टराईले भारतसँगको सम्बन्ध सुधारेर देशको राजनीति डामाडोल पारेको दावी गर्नुभयो । नेपाललाई अस्थिर बनाएर खेल्न खोज्ने प्रवृत्तिको उक्साहटमा ओली लागेको बताउँदै भट्टराईले प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुखको आउने कुरालाई शंकाको नजर हेर्नुपर्नेमा जोड दिनुभएको थियो ।

हिजो महेन्द्रहरुलाई ३० वर्ष बोकेर ज्ञानेन्द्रलाई पनि बोक्ने छिमेकीले केपी ओली जस्तो निरंकुश प्रवृति भएको मान्छेलाई पनि बोकेर नेपालमा अशान्ति ल्याउन सहयोग गरिरहेका छन्, भट्टराईले भन्नुभयो–नेपालको राजनीतिक निर्णय गर्ने अधिकार नेपालीमै हुनुपर्दछ ।
स्वतन्त्र न्यायालयमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्की दिइरहेकोप्रति आपत्ती जनाउँदै भट्टराईले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भनेर आश गर्न सकिने भएपनि भर गर्न नहुने अवस्था रहेको बताउनुभयो । विघटनलाई खारेज गरेर अदालतले संविधान जोगाउनुपर्ने बताउँदै भट्टराईले अदालत प्रधानमन्त्रीको कदमका पक्षमा उभिने की जनताको पक्षमा भन्ने कुरा निक्र्यौक आवश्यक रहेको बताउनुभयो । अदालतले खारेज नगरे सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने भट्टराईको तर्कछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्