विराटनगर बसपार्कमा सीटमै मृत भेटिए यात्रु

विराटनगर बसपार्कमा सीटमै मृत भेटिए यात्रु

विराटनगर । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृत्यु भएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृत फेला परेका हुन् । बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा.लि.को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका हुन् ।

गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा थिए, गाडीका स्टाफ प्रशन्न प्रसाँईले भने त्यसपछि प्रहरीलाई बोलाएका थियौं । प्रहरीले झापाको केर्सामा रहेका उनका आफन्तलाई उनकै मोवायलमा रहेको फोन नम्बरका आधारमा सम्पर्क गरेर बोलाएको छ ।

सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु भएको प्रसाँईले बताउनुभयो । समस्या छ भनेर एक सय रुपैँया भाडा दिने गरेका थिए तर बारम्बार आउजाउ गरिरहन्थे, प्रसाँईले भन्नुभयो–त्यस्तो खराब खालको बानि थिएन । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

उनी मृगौला रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक कुन्दन देवले बताउनुभयो । प्रहरीले मृतकको साथमा रहेको मोवायलसहित अन्य सामाग्रीबाट प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्