विराटनगर । पूर्वप्रधानमन्त्री तथा सघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले विराट राजवंशी समुदाय आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत हुनुपर्ने बताउनु भएको छ । झापा मोरङ र सुनसरीमा बसोबास गर्दै आएका विराट राजवशी समुदायलाई आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानले अहिलेसम्म सुचिकृत नगरेको भन्दै विराट राजवशी समुदायले माग राख्दै आएका छन् ।
विराट राजवशी साँस्कृतिक पुस्ताकालय विराटनगर १२ ले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा डा. भट्टराईले विराट राजवशी समुदायलाई राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्नुपर्ने बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै डा. भटराईले विराट राजवशी समुदायहरु आदिनकालदेखी बसोबास गर्दै आएका कारण राजबंशीहरु आदिवासी जनजातिमा पर्ने भएकोले प्रष्ठिानमा सुचिकृत हुनुपर्ने उहाँको दावी छ ।
कार्यक्रममा राजवशी समाज उत्थान समिति, विराट केन्द्रिय अध्यक्ष भुवनेश्वर मण्डल राजवशीले आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानमा समावेश हुन पाउनुपर्ने बताउनुभयो ।
हाल झापा , मोरङ र सुनसुरीमा करिब १ लाख बढी विराट राजवशी समुदायको जनसख्या रहेको विराट राजवशी युवा समिति केन्द्रिय अध्यक्ष तथा विराट राजवशी सास्कृतिक पुस्ताकालय विराटनगरका अध्यक्ष कुशेश्वर राजवशीले जानकारी दिनुभयो ।