विराटनगरमा मध्यरातमा सडक निर्माण, अनुगमनमा मेयर पराजुली

विराटनगरमा मध्यरातमा सडक निर्माण, अनुगमनमा मेयर पराजुली

विराटनगर । विराटनगर महानगरपालिकामा ठेकेदार कम्पनिले मध्यरातमा समेत सडक निमार्ण गर्ने गरेपछि त्यसको गुणस्तरीयतामा उठ्न प्रश्नलाई कम गर्न भन्दै मध्यरातमै मेयर भीम पराजुलीले अनुगमन सुरु गर्नु भएको छ । विराटनगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम कम गुणस्तरको हुने गरेको गुनासो बढेपछि त्यसको स्थलगत निरीक्षणमा पराजुलीले सक्रियता बढाउनु भएको हो ।

गत शुक्रबार राती मेयर पराजुलीले बरगाछी–पानीटंकी सडक निर्माणको मध्यरातमै निरीक्षण गर्नु भएको थियो । स्थानीयले मध्यरातमा सडक निर्माण गर्ने ठेकेदारले कमजोर र न्यून गुणस्तरको काम गरेको भन्दै गुनासो गरेपछि राती ११ः३० बजे मेयर पराजुली सडक निर्माण स्थलमा पुग्नु भएको थियो । विराटनगरको वडा नं. २ र ३ को सीमानामा रहेको बरगाछीदेखि पानीटंकीसम्मको सडक मार्गको स्तरोन्नतीसहितको कालोपत्रे भईरहेको छ । उक्त सडक निर्माणको विषयमा स्थानीयले चासो देखाएका हुन् । सडक निर्माणमा कुनै समस्या देखिए त्यसलाई तत्काल सुधार्न लगाउनुपर्ने दवाव नगरवासीले दिने गरेका छन् ।

एडिबीको परियोजनामा नपरेको बाटो निर्माणको काम सहरी विकास मन्त्रालयको योजनामा परेको हो । बरगाछी–पाटीटंकी र केशलीयाको बाटो निर्माणका लागि पहल गरेको दावी मेयर पराजुलीले गर्नु भएको छ । एशियाली विकास बैंकबाट ढल, नाला र सडक लगायतको कामका लागि अनुदान प्राप्त भई नक्साङ्कन गर्ने क्रममा बरगाछी–पानीटंकी र केशलीया ब्रहमपुरासम्मको सडक मार्ग प्राविधिक त्रुटीका कारण पहिले छुटेको थियो । अहिले पनि पूर्ण रुपमा निर्माणका लागि बजेट अभाव हुने भएकोले तत्काल मन्त्रालयको आधा रकमले आधा काम गरिने भएको छ । बाँकी कामको लागि महानगरपालिकाले बजेट बिनियोजन गर्ने मेयर पराजुलीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्