मोरङ प्रहरीले बाँड्यो दु्ईसय परिवारलाई न्यानो कपडा

मोरङ प्रहरीले बाँड्यो दु्ईसय परिवारलाई न्यानो कपडा

रंगेली । जिल्ला प्रहरी कार्यलय मोरङले अतिविपन्न दुईसय घरपरिवारलाई न्यानो कपडा वितरण गरेको छ । एक्कासी चिसो बढेपछि मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्कासहित जिल्ला प्रहरी कार्यालयको टोलिले कपडा वितरण गरेको हो ।

रंगेली नगरपालिका ८ स्थित बेदमारी टोलका अतिबिपन्न र दलित परिवारका ७० परिवार , सुनवर्सी नगरपालिका ३ स्थित जुलुडुब्गाका ४० घर परिवार, सुनवर्सी ४ गोरी टोलका ४० घर परिवार र धनपालथान गाउपालिका ५ स्थित डंङ्गा टोलका ५० घर परिवारलाई सोमबार कम्वल बितरण गरिएको छ ।


कम्बर वितरण अभियानमा मोरङ प्रहरी प्रमुख खड्कासहित प्रहरी नायव उपरीक्षक मानबहादुर राई, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का, बडा अध्यक्ष ढक प्रसाद आचार्य , स्थानिय, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
प्रहरीले प्रतिपरिवार एक वटा कम्बल दुईसय घरपरिवारलाई उपलब्ध गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । अतिविपन्न बस्तीमा जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको प्रहरी टोलि पुगेर कम्बल वितरण गर्दा सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्