घोङ्गी समेत भारतबाट तस्करी, सशस्त्र प्रहरीद्वारा विराटनगरमा ३०० केजी बरामद

घोङ्गी समेत भारतबाट तस्करी, सशस्त्र प्रहरीद्वारा विराटनगरमा ३०० केजी बरामद

विराटनगर । भारतदेखि तस्करी गरेर ल्याउँदै गरेको घोङ्गी सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरी विराटनगले ३०० केजी भन्दा बढी तस्करीको घुँगी सोमबार बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको प्रहरीले विराटनगर–१६ दरैयास्थित नेपाल भारतको सीमा नाकाबाट तस्करीको घोङ्गी बरामद गरेको थियो ।
भारतदेखि दशगजा हुँदै नेपाल प्रवेश गराउँन खोज्दा प्रहरीले घुँगी बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो । भरिएको बोरा टाउकोमा बोकेर नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले चासो दिएपछि ल्याउनेहरु छोडेर फरार भएको प्रहरी निरीक्षक पन्तको दावी छ ।

उनीहरुले छोडेर गएको ५० केजीको दरले ६ बोरा घुँगी बरामद भएको पन्तको भनाई छ ।बरामद गरेको घुँगी स्थानीय, स्थानीय जनप्रतिनिधी, क्वारेन्टिन कार्यालयका प्रतिनधी , नेपाल प्रहरी र सञ्चारकर्मीहरुको रोहबरमा खाल्डो खनेर नष्ट समेत गरिएको थियो ।

यसैबीच भारतबाट चोरी पैठरी गरी ल्याईएको ब्रोईलर कुखुरा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेर नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरीको टोलीले भारतबाट चोरी पैठारी गरेर ल्याएको २६ वटा ब्रोईरल कुखुरा बरामद गरी खाडल खनेर नष्ट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्