प्रदेश १ मा कोरोना संक्रमित ३० हजार नाघ्यो

<span class='c1'>प्रदेश १ मा कोरोना</span> <span class='c2'>संक्रमित ३० हजार नाघ्यो</span>

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३, इलाममा २, धनकुटा र ते¥हथुममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १–१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २ र धरानमा १, इलामको इलाम नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिका र ते¥हथुमको फेदाप १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ७८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेका संख्या २९ हजार ३२७ पुगेको छ ।
प्रदेश १ मा आज २७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १२ हजार २५९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्