महिना बित्यो, पक्राउ परेनन् मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठका हत्यारा

महिना बित्यो, पक्राउ परेनन् मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठका हत्यारा

विराटनगर । गत मंसिर २३ गते मोरङको मिक्लाजुङमा घाँटी रेटी हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नहरु अझैसम्म पक्राउ नपरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक श्रेष्ठलाई घर नजिर्क बर्खे जंगलमा हत्या गरेर फरार रहेका संलग्नहरु एकमहिना बितिसक्दा समेत पक्राउ नपरेको भन्दै स्थानीय चिन्तित भएका हुन् ।

५४ वर्षीय शिक्षक श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव समूहले गरेको उसकैे मेची–कोसी ब्युरोले सोहि दिन साँझ विज्ञप्तिमार्फत जिम्मेवारी लिइएको थियो । घटनामा संलग्नहरुले जिम्मेवारी लिएपनि प्रहरी भने अझैसम्म हत्यारा पक्राउ गर्न नसक्दा स्थानीयलाई पिरोलेको छ । एक महिनासम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न नसक्दा शान्त हुनसक्ने अवस्था छैन, स्थानीय विरेन्द्र लिम्बूले भन्नुभयो–त्रासको वातावरण सामान्य हुँदै गएपनि मनमा हजारौं पीडा र पीर छन् ।
स्थानीय प्रशासनले त्यहाँका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन भन्दै नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त सुरक्षा बेस क्याम्प राखेको छ । तर, प्रहरीको उपस्थिति भएपनि बिद्रोही समूहको लुकिछिपी उपस्थिति रहेको स्थानीयको भनाई छ ।

स्थानीयले प्रहरीले घटनामा संलग्नहरुको खोजी गर्नका लागि टोलि खटाएको आश्वासन दिदैं आएपनि यतिका दिनसम्म निचोडमा पुग्न नसक्नु आश्चर्यको कुरा भएको बताएका छन् । राज्यले सुरक्षको ग्यारेनटी नगर्दा स्थानीयको देनिक जीवनयापनमा समस्या हुनसक्नेतर्फ कोहि पनि सचेत नरहेको लिम्बूको भनाई छ ।
शिक्षक श्रेष्ठको हत्यापछि मिक्लाजुङ १ आइतबारेमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीको संयुक्त बेस राखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी निरीक्षक र शसस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा बेस क्याम्प बसेर स्थानीय जनताको सुरक्षामा खटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

मिक्लाजुङ १ का वडाध्यक्ष नरबहादुर राई एउटा निश्चित समूहले जिममेवारी लिईसकेको घटनामा प्रहरीले संलग्नहरुको पहिचान गर्न नसक्नु उसको आफ्नै समस्या रहेको बताउनुभयो । नागरिकले कसले घटना घटायो भन्ने कुरा यकिन गर्न सक्दैनन्, वडा अध्यक्ष राईले भन्नुभयो–तर जिम्मेवारी लिएपछि उनीहरुको खोजी, नियन्त्रण र कारवाही गर्ने दायित्व प्रहरीको हुन्छ ।

प्रहरी भन्छ सुक्ष्म अनुसन्धान भइरहेको छ

मिक्लाजुङको उत्तरी क्षेत्रमा बेस क्याम्प राखेर सुरक्षाकार्मीको आवातजावत, पेट्रोलिङ र गस्ति बढाएर स्थानीय जनतामा सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का बताउँनुहुन्छ । प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–पहिचान गरिसकेका छौं तर नियन्त्रण लिनका लागि अन्तिम तयारी गर्दैछौं । गतिविधिको नियमित निगरानीमा छौं, जिल्लास्थित सुरक्षाका संयन्त्र एकिकृत रुपमा परिचालित भईरहेको छ ।
कतिपय मुद्दाहरुमा अनुसन्धान सफल भएर पनि फरार अपराधी पक्राउ पर्न केहि समय लाग्ने भएकाले यो विषयमा आफुहरु दत्तचित्त भएर जतिसक्दो चाँडो घटनामा संलग्न अपराधी पक्राउ गर्न लागि परिरहेको एसपी खड्काको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्