‘अप्रेशन हन्ट’ अभियानबाट मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ

‘अप्रेशन हन्ट’ अभियानबाट मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको ईलाकाबाट हराएका मोटरसाइकल चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अप्रेशन हन्ट अभियान चलाएर मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको सूचनामाथि अनुसन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाईकल सहित चोरीमा संग्लग्न रहेका ७ जनालाई अप्रेशन हन्ट अभियानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईलामको माई नगरपालिका–२ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका–३ घर भई बिर्तामोड बस्ने २१ बर्षीय रोशन भन्ने पासाङ तामाङ र सिदिङवा गाउँपालिका–४ का २२ बर्षीय सन्दिप लिम्बु रहेका छन् ।

मोटरसाईकल तथा स्कुटरहरु चोरी गर्ने मानिसहरुको सुक्ष्म रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले चोरी भएको ४ थान मोटरसाईकल सहित ७ जनालाई नियन्त्रणमा लिएको हो भने अन्य ११ थान मोटरसाईकल बिभिन्न स्थानहरुबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्