विराटनगरमा चिकित्सकहरुको चुनावी सगरर्मी, १३ पदको लागि २६ जनाको उम्मेदवारी

विराटनगरमा चिकित्सकहरुको चुनावी सगरर्मी, १३ पदको लागि २६ जनाको उम्मेदवारी

विराटनगर । आगमी माघ ४ र ५ गते हुने नेपाल चिकित्सक संघ कोशी विराटनगरको १३ पदको लागि २६ जनाको उम्मेदवारी परेको छ ।
सोमबार र मंगलबार भएको मनोनियत दर्तामा २६ चिकित्सकले उम्मेदवारी दर्ता गराएका छ । उम्मेदवारी दर्ता गराएसँगै डा. कैलाश श्रेष्ठ र डा. फरवार्ड सिलवालको समूह चुनावी मैदानमा उत्रिएका हुन् ।

नयाँ नेतृत्वको लागि श्रेष्ठ र सिलवालको समूहले छुटा–छुट्टै उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत डा. रवि वास्तकोटीले जानकारी दिए ।
श्रेष्ठको समूहदेखि वरिष्ठ उपाध्यक्षमा डा. सन्जिव ठाकुर, उपाध्यक्षमा डा. बालकृष्ण साह, महासचिबमा डा. रबिनराज सिंह, सहसचिबमा डा. धिरज सिंह, कोषाध्यक्षमा सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा सरबेस कुमार झाले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै सोही समूहदेखि सदस्यहरुमा डा. रोशन खड्का डा. पल्बी झा, डा. रेनु यादव, दिपेन्द्र नौलाखाले, राजेश्वर यादव र डा. निशा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

श्रेष्ठको समूहका चिकित्सकले सोमबार उम्मेदवारी दर्ता गराएका थिए भने सिलवालको समूहले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. नविन कर्ण, महासचिबमा राजेन्द्र चौधरी, उपाध्यक्षमा डा. यज्ञराज खरेल, कोषाध्यक्षमा डा. सिलवन्तसेन श्रीवास्तव, सहसचिबमा डा. सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा. जुबिन सिलवाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै सदस्यहरु डा.अन्जु देव, डा.अमरकुमार यादव, डा. पार्थ गुरागाईं, डा. अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपालले उम्मेदवारी दर्ता गराएका छन् । सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्ण र महासचिबमा चौधरीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् भने अन्य पदमा मंगलबार उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत वास्तकोटीले जानकारी गराए ।

निर्वाचित पदाधिकारीहरु तीन वर्षको कार्यकाल हुनेछ । संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिब, सहसचिब, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना सदस्यहरू गरि १३ जनाको पदाधिकारीहरू हुने विधानमा उल्लेखछ । निर्वाचनमा १ हजार २ सय ८१ जना चिकित्सकले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्