आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुलाई रोजगारी

आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुलाई रोजगारी

विराटनगर । बहिरा अपाङ्गता भएका तथा रोजगारबिहीन रहेका व्यक्तिहरुका लागी ओबि मिडिया प्रालिद्वारा संचालित आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुको लागि रोजगारीको व्यवस्था गरिएको छ । उर्जाशील अवसर फाउण्ड परियोजनाको लागी ‘द लेप्रोशी मिशन नेपाल’ र ओबि मिडिया प्रालि बिचको सहकार्यबाट दुईजना बहिरा अपांगता भएका व्यक्तिहरुले रोजगारीको अवसर प्राप्त गर्नु भएको हो ।

अपाङ्गगता भएका व्यक्तिहरुलाई रोजगारको व्यवस्थापन गर्दै आएको फाउण्ड परियोजना (द लेप्रोशी मिशन नेपाल) ले सोमबार ओबि मिडियासँग आगामी दिनमा सहकार्य गर्दै जानको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मिशनकोतर्फबाट क्लस्टर मेनेजर विपिन दास र ओबी मिडियाको तर्फबाट कार्यकारी निर्देशक सरोज कार्कीबिच सम्झौता पत्रमा हस्ताक्षर भई आदानप्रदान भएको थियो ।

सम्झौता अनुरुप मिसनले ओबि मिडियालाई अपांगमैत्री बनाउने कार्यमा सहकार्य गर्नेछ । यसका लागि सांकेतिक भाषासम्बद्ध दोभाषेको उपलब्धता, र्याम्प तथा ह्विल चेयरको व्यवस्थापन, आवश्यक तालिमको व्यवस्था लगायतका कार्य गर्नेछ ।
हालसम्म ओबि मिडियामा तिन जना बहिरा अपांगता भएका व्यक्तिले रोजगारी पाइसक्नु भएको छ । आगामी दिनमा ओवी मिडियाले थप एक जना अपाङगता भएका व्यक्तिलाई रोजगारको व्यवस्थापन हुने गरि प्रशिक्षण दिने वातावरण मिलाएको कार्यकारी निर्देशक सरोज कार्कीले बताउनु भएको छ ।

साथै फाउण्ड परियोजना अन्तर्गत अपाङ्गगता भएका व्यक्तिहरुको औपाचारिक रोजगारी तथा पेशा छनोट गर्नको लागी सिप तथा बुझाईको लागी विभिन्न निकायहरुसँग सहकार्य गर्ने गरेको क्लस्टर मेनेजर विपिन दासले जानकारी दिनुभयो । फाउण्ड परियोजनाको लागी ‘द लेप्रोशी मिशन नेपालले युके एडको आर्थिक सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघ र राष्ट्रिय महासंघ साझेदारीको रुपमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्