विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका–११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
बुधबार दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको हो । मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिइएको छ ।