इटहरीमा आगो ताप्न दाउरा वितरण

इटहरीमा आगो ताप्न दाउरा वितरण

इटहरी । बाक्लो हुस्सु लागेर चीसो वढेसँगै इटहरी उपमहानगरले आगो वालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ । इटहरीका विपन्न वस्तिहरुमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । विपन्न वस्तिहरुका साथै इटहरी चौक आसपास मान्छेहरु धेरै भेला हुने ठाँउमा दाउरा वितरण गरिएको हो ।


विपन्न मुसहर वस्तिहरुमा भोली देखि कम्वल वितरण गरिने उहाँले वताउनुभयो । वाक्लो हुस्सु लागे पछि चीसोले जनजीवन प्रभावित भएको छ । वजारमा चहल पहल कम देखिन्छ । जेष्ठ नागरिक वालवालिका र श्रमिक वर्ग वढि प्रभावित भएका छन ।
हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्