पोखराबाट बोलाएर बुढीगंगामा लुटियो

पोखराबाट बोलाएर बुढीगंगामा लुटियो

विराटनगर । फेसन शोमा फोटोग्राफीका लागि पोखराबाट बोलाइएका आफ्नै पाहुनाको फोटोग्राफी सम्बन्धि सामान चोरी गर्ने दुईजना पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा फेसन शो कार्यक्रम रहेको बताउँदै झापा अर्जुनधारा नगरपालिका–६ का अनुप ढकालले पोखराका महानगरपालिका–२० का बिमल कार्कीको सामान चोरेको आरोपमा पक्राउ परेका हुन् ।

चोरी आरोपी ढकालसँगै उनका सहयोगी साराशं भट्टराईलाई समेत मोरङ प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । घटनामा जालझेल गरेर कार्कीलाई ढकालले फसाएको देखिएको छ । कार्कीले पोखरामा यूओर डिजिटल फोटा गुड्स सेन्टर सञ्चालन गर्दै आएका थिए । ढकालले पुस २४ गते इसेवाबाट चार हजार रुपैँया उनलाई पेश्की पठाएका थिए । पेश्की पठाएपछि कार्की क्यामेरासहित विभिन्न सामाग्री लिएर पुस २५ गते पोखराबाट बुढीगंगा आइपुगेका थिए ।

फोन गरेर बोलाएका ढकालले कार्कीलाई बुढीगंगा–१ मा रहेको आर.एन.होटल एण्ड लजको ११४ नम्बर कोठा बुक गरिदिएका थिए । त्यहि कोठामा कार्कीलाई आफ्ना सामान राख्न लगाएपछि इटहरीको प्राइम होटलमा काार्कीलाई लिएर गए र त्यहिं छोडेर ढकाल निस्के । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढकालले कार्कीलाई त्यहाँ छोडेर बुढीगंगाको आर.एन.होटलमा राखेर सामान लिएर फरार भएको देखिएको छ । पुस २५ गतेदेखि आफैंले बोलाएका कार्कीसँग सम्पर्कविहीन ढकाललाई मोरङ प्रहरीले उनकै घरबाट सामानसहित नियन्त्रणमा लिइएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राईले बताउनुभयो ।

ढकालसँगै उनका सहयोगी भट्टराईलाई समेत पक्राउ गरि चोरी कसूरमा अनुसन्धान सुरु गरिएको छ । कार्कीले फोटोग्राफीका लागि ल्याएका सामान समेत ढकाल र भट्टराईको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ढकाल र भट्टराईको योजनामा चोरिएका कार्कीका १४ प्रकारका फोटोग्राफी सामान बरामद गरेको जानकारी दिइएको छ । क्यामरा लाईट ब्याट्री पाँच थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ थान, मेमोरी कार्ड ६ थान, ड्रोन एक थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माईक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान र लाईट एकथान सामान चोरेर उनीहरु फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्