रंगेलीबाट अर्का मिटर ब्याजी पक्राउ

रंगेलीबाट अर्का मिटर ब्याजी पक्राउ

विराटनगर । मोरङ प्रहरीले अर्का मिटरब्याजीलाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–६ का बिनोद मण्डललाई जिल्ला प्रहरी कार्यालयको टोलिले शुक्रबार पक्राउ गरेको हो । मण्डलले सात लाख रुपैँया ऋण लगानी गरेर ४५ लाख रुपैँया असुल गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले यस अगाडी विराटनगर–९ घोघापुलका सन्जयप्रसाद रौनियार र मो.एजाजलाई समेत मिटरब्याजको कारोबार गरेको भन्दै पक्राउपछि अनुसन्धान गरिसकेको छ । थोरै ऋण लगानी गरेर अकुत आर्जन गर्ने मिटरब्याजीका कारण ग्रामिण क्षेत्रका सर्वसाधारण पीडित भएपछि प्रहरीमा आउन थालेका हुन् । मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार पक्राउ परेका मण्डलको विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्