लायन्स क्लब अफ विराटनगरको बलुवाइमा आँखा शिविर

लायन्स क्लब अफ विराटनगरको बलुवाइमा आँखा शिविर

नेपालकै सबैभन्दा पुरानो लायन्स क्लबका रुपमा रहेको लायन्स क्लब अफ विराटनगरले बलुवाईमा आखाँ सिविर संचालन गरेको छ । उक्त शिविर विराटनगर ८ बलुवाइस्थित छैठ माताको मन्दिरमा आयोजना भएको हो ।
शिविरमा रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक तथा चिकित्सक सहयोग रहेको क्लबका अध्यक्ष राजेश लखोटियाले बताउनु भयो । लियो क्लब अफ विराटनगरको सहआयोजना रहेको यस शिविर लायन्स क्लबको स्वर्ण महोत्सवको अवसरमा आयोजना भएको हो ।
विराटनगर महानगर भित्रै भएपनि विकट र विकासमा पछाडी परेको क्षेत्रमा आयोजना गरिएको यस शिविरमा करिब ४ सयजना व्यक्तिहरुको आँखा परीक्षण भएको क्लबका कार्यक्रम संयोजक संजय मण्डलले जानकारी दिनु भयो ।
शिविरमा परीक्षण गर्दा मोतियाबिन्ददेखिएका व्यक्तिहरुको रामलाल गोल्छा आँखा अस्पतालमै निशुल्क मोतियाबिन्दको शल्यक्रिया लगायतको उपचार गरिने संयोजक मण्डलले बताउनु भयो ।
शिविरले आफ्नो घर आगनमै आएर आँखा परिक्षणको सेवा दिएकाले स्थानीयहरु हर्षित भएको बताएका छन् ।

फुलकुमार लालवानीको प्रमुख आतिथ्यतामा आयोजित शिविरमा इन्द्र खत्री (राजन), लिलाकुमार ढुंगेल, जुगल किशोर राठी, टिकाराज ढकाल, रमेश खत्री, क्लबका सचिव मनिष भट्टराई लगायतका लायन्स क्लबका नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्