संविधानलाई धुजाधुजा पारेर प्रधानमन्त्री निर्वाचनको पक्षमा उभिए : नेता कोइराला

संविधानलाई धुजाधुजा पारेर प्रधानमन्त्री निर्वाचनको पक्षमा उभिए : नेता कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई धुजाधुजा पारेर निर्वाचन घोषणा गरेको आरोप लगाउनु भएको छ ।

नेपाली काँग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विरोधसभालाई शनिबार सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको अराजनीतिक कदम संसद पुर्नस्थापनाले मात्रै सच्चिने बताउनु भएको हो । अराजनीतिक कदम संसद पुर्नस्थापनाले मात्रै सच्चिनेछ, नेता कोइरालाले भन्नुभयो–देशको राजनीतिक वर्वादी केपी ओलीका कारण सिर्जना भयो ।
उहाँले सहि लाई सहि र गलत लाई गलत भनेर मात्रै काँग्रेसले काँग्रेसको पहिचान दिनसक्ने बताउँदै ओलीको पक्षमा उभिएर मतियार बन्न नसक्ने जिकिर गर्नुभएको छ ।

देशभरको विरोध प्रदर्शनले संसद पुर्नस्थापनालाई रोक्न सक्दैन, नेता कोइरालाले भन्नुभयो–न्यायलयलाई दवावमा पार्ने शैलीमा प्रधानमन्त्रीको अभिव्यक्ति आउनु निन्दनिय छ । उहाँले देशको प्रधानमन्त्री आफैं प्रधानन्यायधिश भएको शैलीमा बोल्नु गलत भएको बताउँदै भन्नुभयो–हामी यो कदमलाई समर्थन गर्न सक्दैनौं, किन की काँग्रेस प्रधानमन्त्रीको मतियार हैन ।
अदालतमा विधराधिन रहेको मुद्दाको बहस स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताउँदै नेता कोइरालाले न्यायलयलाई दवाव र प्रभाव पार्ने शैलीमा प्रधानमन्त्रीले बोल्न नमिल्ने बताउनुभयो । उहाँले अदालतले स्वतन्त्रपूर्वक गरेको फैसला मात्रै काँग्रेस मान्ने बताउँदै संसदले कार्यकर्ता नचिन्ने कुरा प्रधानमन्त्रीलाई पत्तै नभएको बताउनुभयो ।

कार्यकर्ता र नेताले उहाँलाई काम गर्न दिएनन्, नेता कोइरालाले भन्नुभयो–६४ प्रतिशत सांसदको समर्थन छ भनेर दावी गर्ने प्रधानमन्त्रीले विश्वासको मत लिनु भएको भए हुन्थ्यो । संसदले सांसदलाई मात्रै चिन्ने र सांसदले प्रधानमन्त्री चुन्ने कुरालाई बिर्सदा लोकतान्त्रिक आन्दोलन भड्खालोमा गएको उहाँको टिप्पणी थियो ।

नेता कोइरालाले बैशाख १७ को निर्वाचन स्वतन्त्र र निष्पक्षसँगै नागरिकको उत्साहजनक सहभागिता हुनेमा शंका रहेको बताउनुभयो । प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा सहभागी नहुने अवस्था आए त्यो निर्वाचनले मान्यता पाउँदैन, नेता कोइरालाले भन्नुभयो–सहिलाई सहि र गलतलाई गलत भन्न नसके काँग्रेस काँग्रेस रहँदैन ।
शनिबार नै मानव अधिकार तथा शान्ति समाज मोरङको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई संसद बिघटनको पक्षमा फैसला सुनाउन दवाव दिईरहेको जिकिर कोइरालाले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्