विराटनगर–१६ बाट लागुऔषधसहित एकजना पक्राउ

विराटनगर–१६ बाट लागुऔषधसहित एकजना पक्राउ

विराटनगर । बिराटनगर–१६ सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–६ बस्ने २८ बर्षीय आशिस मगर रहेका हुन ।

बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा लुपिजेसिक–११ एम्पुल, डाईजापाम–११ एम्पुल, एभिल–११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट –४५ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्