मानवअधिकार तथा शान्ति समाजमा पोखरेल

<span class='c1'>मानवअधिकार तथा शान्ति</span> <span class='c2'>समाजमा पोखरेल</span>

विराटनगर । मानवअधिकार तथा शान्ति समाज मोरङको सभापतिमा भेषराज पोखरेल सर्वसम्मतबाट चयन हुनु भएको छ । विराटनगरमा भएको समाजको साधारणसभाले पोखरेलको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति शनिबार चयन गरेको हो । पोखरेल प्रजातान्त्रिक आन्दोलनमा अगुवा परिवारका सदस्य हुनुहुन्छ । उहाँको पारिवारिक पृष्ठभूमि राजनीतिक आन्दोलनमा जोडिएको भएपनि अहिले सफल शैक्षिक तथा प्राज्ञिक व्यक्तित्वको छवी पोखरेलको रहेको छ ।

समितिको उपसभापतिमा धन थापा कार्की, सचिवमा अशोक लामा, सहसचिवमा सीताराम चौलागाईं र कोषाध्यक्षमा डा. जीवन ढकाल सर्वसम्मतबाट चयन हुनुभयो ।
त्यस्तै साधारणसभाले मीनकुमार नवोदित, सावित्री पराजुली, लीलानाथ सुवेदी, पुनमकुमार गुप्ता, अर्जुन थापा, मदन भट्टराई, सुची चौधरी, उर्मिला थापा, गुढ्डी केहकशा कौशर, किशोरकुमार माझी, मनोहरकुमार कोइराला, मीनाकुमारी भट्टराई, ओम प्रसाईं, विनोद रजकलगायतलाई सदस्यमा निर्विरोध चयन गरेको छ ।


कांग्रेस नेता डा. शेखर कोइरालाले उद्घाटन गरेको साधारणसभामा मानवअधिकारवादी नेता तथा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, प्रदेश–१ का पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, जनता समाजवादी पार्टीका सांसद जयराम यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्