आवर विराटनगरकर्मी देवानसहित आठजना सम्मानित

आवर विराटनगरकर्मी देवानसहित आठजना सम्मानित

विराटनगर । सञ्चार क्षेत्रमा क्रियाशील विराटनगरका ८ पत्रकारहरु सम्मानित भएका छन् । शनिबार विराटनगर–१५ स्थित रानी मकर्जमा सोसाइटि जोन चेयर पर्सनद्धारा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रमका बिच उनीहरु कोरोना योद्धा सम्मान पत्र–२०२१ ले सम्मानित भएका हुन ।

सम्मानित हुनेमा मकालु टेलिभिजनका बरिष्ठ संवाददाता नविन कर्ण, लाइभ नेपाल अनलाइन टिभिका सम्पादक सोनुकुमार दास , न्यु सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल, उद्घोष दैनिकका जितेन्द्र ठाकुर, आवर विराटनगरका प्रेम देवान, नेपाल टाईम्सकी रश्मिता उदास, हिमशिखर टेलिभिजनका राकेश कर्ण, एभिन्युज टेलिभिजनका विरेन्द्र कुमार शाह रहेका छन् ।
कोरोना महामारीकाबिच जनतालाई सु–सुचित गराउने कार्यमा सक्रियतापुर्वक निर्वाह गरेको भुमिकाको उचित मुल्यांकन गर्दै उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा न्युरो अस्पतालका अध्यक्ष विरेन्द्र कुमार बिष्टलाई समेत सम्मान गरिएको छ । कोरोना महामारीकाबिच न्युरो अस्पतालले प्रदेश नं. १ मै पहिलोपल्ट निजी क्षेत्रबाट बहु–बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा ल्याई संक्रमितहरुको उपचारमा पुर्याएको योगदान कदर गर्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

सोही अवसरमा क्लबले विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा आबद्ध गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री समेत वितरण गरेको थियो । सोसाईटी जोन लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनका चेयर पर्शन मोजाहिद ईराकीको नेतृत्वमा क्लबले करिब ४ सय विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई स्कुल ब्याग, पेन्सिल, कटर, ईरेजर र कलम लगायतका आवश्यक शैक्षिक सामाग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक मोहम्मद आरिफ रिजवान खानले जानकारी दिनुभयो ।
क्लबले भने आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्