विराटनगरको अवधनारायण अस्पताल तोडफोड, पीडितलाई न्याय दिलाउन गाउँ नै उर्लिएर अस्पतालमा

विराटनगरको अवधनारायण अस्पताल तोडफोड, पीडितलाई न्याय दिलाउन गाउँ नै उर्लिएर अस्पतालमा

विराटनगर । विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड भएको छ । बेलबारी–८ निवासी ३२ वर्षीया सजना राईको पित्तथैलीमा भएको पथरीयाको शल्याक्रियापछि मृत्यु भएको घटनामा पीडितको माग सुनुवाई नगरी व्यवस्थापन पक्ष भागेपछि आइतबार तोडफोड गरिएको हो ।

बेलबारीबाट आएका पीडितका आफन्तले अस्पताल प्रशासन र अप्रेशलमा संलग्न चिकित्सक समेतको उपस्थितिमा वार्ता गर्ने योजना विपरित ताला लगाएर सञ्चालक भागेपछि तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न मृतकी दिदी सरिता राई तथा बुबा होमबहादुर राईलाई पक्राउ समेत गरेको छ । तर, तोडफोडपछि क्षतिको विवरण र संलग्नहरुलाई पक्राउ गरेको विषय प्रहरीले खुलाउन चाहेको छैन । अस्पतालमा झ्यालका सीमा तथा अन्य केहि सामाग्रीमा क्षति पुगेको बुझिएको छ । प्रहरीले अस्पताल परिसरमा पस्न कसैलाई पनि दिएको छैन ।

अस्पतालका सञ्चालक तथा चिकित्सकसँग शनिबार पीडितका आफन्तले आइतबार अप्रेशनमा संलग्न चिकित्सक समेतको उपस्थितिमा छलफल गर्ने सहमति गरेका थिए । तर, शनिबार आफन्त आउँदा अस्पतालको गेटमा ताला लगाएर सञ्चालक भागेको भन्दै आक्रोशित उनीहरुले तोडफोड गरेको दावी छ । अस्पतालमा भित्रबाट ताला लगाएर गार्ड मात्रै बसेका छन् । बाहिरबाट प्रहरीले घेरा हालेर सुरक्षा दिईरहेको छ ।
अस्पतालको सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको छ । पीडितका पक्षमा बेलबारीबाट सयौंको संख्यामा आफन्त तथा छरछिमेक विराटनगर आएका छन् । प्रहरीले पीडितका आफन्तलाई दवाव दिएपछि राजनीतिक दलका नेताहरु समेत आइतबार पीडिततको पक्षमा अस्पताल परिसर पुगेका छन् ।

प्रदेशसभा सदस्य सुर्यमाराज राई, कुशल लिम्बू तथा राष्ट्रिय युवा संघका नेता रबिन थापासहितको टोलिले व्यवस्थापन पक्षले पीडितको माग सम्बोधन गर्नुपर्ने भन्दै प्रहरीलाई खोजेर ल्याउन दवाव दिएका छन् । संघका नेता थापाले २०४५ सालको जस्तो व्यवहार प्रहरीले देखाएको भन्दै विराटनगर नगर प्रहरीका डिएसपीलाई व्यवहार सच्याउन आग्रह गरेका छन् । प्रहरी अस्पतालसँग मिलेर पीडितमाथि झन् पीडा थप्ने प्रयास गरिरहेको छ, थापाले भने–प्रहरीले मान्छे मारेको विषयलाई सामन्य लिए त्यसको मूल्य आफैं चुकाउनु पर्नेछ ।

गत पुस २८ गते अस्पतालमा भर्ना भएकी राईको त्यहि साँझ अप्रेशन गरिएको थियो । अप्रेशनपछि स्वास्थ्य अवस्या बिग्रदै जाँदा राख्ने आईसीयू लगायतको सुविधा नभएको भन्दै वीपीमा रेफर गरिएकी राईको माघ २ गते निधन भएको थियो । त्यसपछि पीडितका आफन्तले शुक्रबार र शनिबार अस्पताल प्रशासनसँग बारम्बार मृत्यु हुनुको कारण माग गरेका थिए । उनीहरुले अप्रेशनमा संलग्न डा.निषेश सिटौलाले बिरामीको समस्याको विषयमा जानकारी दिनुपर्ने माग गर्दै आएका छन् ।

पित्तथैलीमा पथरीयाको समस्या भएर त्यसको अप्रेशनका लागि भर्ना भएकी राईको निधनसँगै आफन्त र गाउँघर शोकमग्न बनेको छ । स्थानीय छवी राईका अनुसार मृत्युको कारण बारे जानकारी नदिँदासम्म अस्पताल सञ्चालन गर्न समेत अवरोध गर्ने योजनामा स्थानीयहरु प्रतिवद्ध बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्