विराटनगरका उद्योगी दुगड प्रधामन्त्रीको विशेष आर्थिक सल्लाहाकारमा नियुक्त

विराटनगरका उद्योगी दुगड प्रधामन्त्रीको विशेष आर्थिक सल्लाहाकारमा नियुक्त

विराटनगर । विराटनगरका उद्योगी तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २९ गतेको निर्णयाअनुसार दुगडलाई मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार पदमा नियुक्ति गरिएको हो ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७-९-२९ को निर्णयानुसार यहाँलाई नेपाल सरकारको मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा नियुक्त गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु,’ मुख्यसचिव शंकरदार बैरागीले दुगर्डलाई पठाएको पत्रमा भनिएको छ ।

दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा राज्य उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्नुभएको थियो । गत पुस १० गतेको मन्त्रीमण्डल पुनर्गठनमा दुगर्ड उक्त मन्त्रि पदबाट हटाउँदै सो स्थानमा बिमला विश्वकर्मालाई ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्