टिपर दुर्घटना ३ जनाको मृत्यु

टिपर दुर्घटना ३ जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादै गरेको सीई कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटना हुँदा टिपरमा सवार रहेका बाग्मती नगरपालिका–४ मकवानपुरका ३३ बर्षीय राज कुमार मगर, सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० बर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोही दुर्घटनामा घाईते भएका हेटौडा फापरवारीका २२ बर्षीय रमेश मगरको जिल्ला अस्पताल फाल्लुमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्