मोरङको चौकीघाटबाट विराटनगर आउदै गरेको बस पल्टदा १५ जना यात्रु घाईते

मोरङको चौकीघाटबाट विराटनगर आउदै गरेको बस पल्टदा १५ जना यात्रु घाईते

विराटनगर । मोरङको चौकीघाटबाट विराटनगर तर्फ आउदै गरेको यात्रुबहाक बस सोमबार दिउसो पल्टदा १५ जना यात्रु घाईते भएका छन् ।
मोरङको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा स्थित भएको सवारी दुर्घटनामा १५ जना माध्ये एक जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम अर्थात् चौकीघाटबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ३२७२ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको एउटा मोटरसाइकललाई बचाउन खोज्दा बस दुर्घटनमा परेको हो ।
दुर्घटनामा बसका यात्रु रतुवामाई–३ का ३१ वर्षीय राजेश सिंह गम्भीर घाइते भएका छन् । सिंहको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ ।

दुर्घटनामा परेर रतुवामाई–३ का परमेश्वर पण्डित, अख्नुसिंह गनगाईं, सीतादेवी सिंह, सुस्मिताकुमारी ताजपुरिया, केअनु मिया, सगरुन खातुन, सञ्जय झा, रुपादेवी झा, प्रिन्स झा, जितेन्द्र झा, चौँठी ताजपुरिया, शिव साह घाइते भएका छन् । त्यस्तै धनपालथान गाउँपालिकाका खजना खातुन र लाडली खातुन पनि घाइते भएका छन् । उनीहरुको रङ्गेली अस्पताल र स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको मोरङ प्रहरीले जनाएको . छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्