तीनजना प्रदेशसभा सदस्यले प्रचण्ड–माधव समूह छोडे

तीनजना प्रदेशसभा सदस्यले प्रचण्ड–माधव समूह छोडे

विराटनगर । मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीनजना प्रदेशसभा सदस्यले फिर्ता लिएका छन् ।
प्रचण्ड–माधव नेपाल समूहका भीम आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री प्रस्ताव गर्दै शेरधन राई विरुद्ध अविश्वासको मत जाहेर गरेका उनीहरुले सोमबार फिर्ता लिएका हुन् ।


फिर्ता लिनेमा झापाका जयमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली रहेका छन् । योसँगै प्रदेश १ मा नयाँ मुख्यमन्त्री आउने विषय जटिल बन्दै गएको छ । प्रचण्ड–माधव नेपाल समूहका ३७ जनाको हस्ताक्षरमा यस अगाडी अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । तीमध्ये पाँचजनाले उक्त प्रस्तावलाई अस्वीकार गरेका हुन् । यस अगाडी कला घले र बसन्तीदेवी यादवले समेत उक्त प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिईसकेका छन् ।

उनीहरु अल्पमतमा पर्नेवाला छन्, नेकपा ओली समूहका एक नेताले दावीसहित भने–उनीहरुलाई योजनामै अल्मल्याईएको थियो । बुधबारदेखि प्रदेशसभाको अधिवेशन सुरु हुँदैछ । यो अधिवेशनमा नेकपा भित्रको विवादको झल्को आउनेवाला छ । सरकार नै परिवर्तन हुनसक्ने संभावनालाई विस्तारै सरकार पुनर्गठनतर्फ मोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्