सुनवर्सिमा विराटनगरको मेरिल्याण्ड कलेजको बस पल्टिँदा ५ बिधार्थी घाइते

सुनवर्सिमा विराटनगरको मेरिल्याण्ड कलेजको बस पल्टिँदा ५ बिधार्थी घाइते

रबिन्द्र बराल, मोरङ सुनवर्सी नगरपालिका ९ स्थित भेडुवाथानमा कलेज बस दुर्घटना हुदा ५ जना घाइते भएका छन ।

बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै डाइनियाबाट रंगेली तर्फ विधार्थी लिई आउदै गरेको बा २ ख ४५८ नंम्बरको मेरिल्याण्ड कलेज विराटनगरको कलेज बस आफै अनियन्त्रित बस पल्टिँदा बसमा सवार रतुवामाई ३ बस्ने वर्ष १७ की रेजिना घिमिरे, वर्ष १६ को शर्दा भट्टराई, वर्ष १६ मनिषा राजवंशी, वर्ष १६ को निसा ताजपुरिया र वर्ष १६ को बिसाल कुमार मण्डल घाइते भएका छन ।

घाइतेहरुलाई मकालु अस्पताल विराटनगर तर्फ उपचारको लागी पठाएको प्रहरीले जनाएको छ । बस चालक रतुवामाई नपा ६ बस्ने वर्ष ३१ को धर्मेन्द्र बर्मा ईलाका प्रहरी कार्यलय रंगेली काे नियन्त्रणमा रहेको अनमाेल खड्काले बताए ।

मेरिल्याण्डका निर्देशक भेषराज पोखरेल अनुसार घाइते विद्यार्थीको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्