आज विराटनगरको पारदर्शिता (भिजिबिलिटी ) सबैभन्दा कम

आज विराटनगरको पारदर्शिता (भिजिबिलिटी ) सबैभन्दा कम

विराटनगर । मंगबार बिहानैदेखी लागेको बाक्लो हुस्सु र कोहिरोका कारण विराटनगरको पारदर्शिता( भिजिबलिटी) सबैभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरसँगै रुपन्देहको भैरहवामा अहिले सम्मकै कम भिजिबिलिटी देखिएको हो ।
तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पौने ९ बजेको रेकर्डअनुसार यी स्थानमा ५० मिटर पारदर्शिता रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


यसैगरी जनकपुरमा १ सय मिटर, सिमरामा २ सय मिटर र नेपालगञ्जमा २ हजार मिटर पारदर्शिता छ । सबैभन्दा बढी पारदर्शिता धनगढीमा ६ हजार मिटर रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार हुस्सु लागेको सिमरामा न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ ।


यता विराटनगरको ११ बजे सम्मको रेकर्डअनुसार मिनिमम १०.२ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरले जनाएको छ । विहानैदेखी लागेको बाक्लो हुस्सु र कुहिरोका कारण अधिकास सर्वसाधरणहरु चौक चौकमा आगो बालेर बस्न थालेका छन ।
पश्चिम, मध्य र पूर्वी तराईका सबैजसो जिल्लामा लागेको हुस्सु र कुहिरो दिउँसोपछि सुधार हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यद्यपि चिसोपना बढ्न सक्ने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउन मौसमविदले सुझावसमेत दिएका छन् ।


महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमलाई पश्चिम तराई मानेको छ । यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषालाई राखिएको छ । पूर्व तराईमा सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्