नेपाल चिकित्सक संघ कोशीमा डा. फरवार्ड सिलवालको समूह विजयी

<span class='c1'>नेपाल चिकित्सक संघ कोशीमा डा.</span> <span class='c2'>फरवार्ड सिलवालको समूह विजयी</span>

विराटनगर । नेपाल चिकित्सक संघ कोशी विराटनगरको अध्यक्ष डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार राती सार्वजनिक भएको निर्वाचनको मत परिमाण अनुसार सिलवालको प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरेका छन् । संघमा श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एक जना सदस्य गरि तीन जना पदाधिकारी बाहेक सबै पदमा सिलवालको समूह निर्वाचित भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहबाट डा. सन्जिब कुमार ठाकुरले ३ सय १८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा. नविन कर्णले ३ सय २ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा डा. बालकृष्ण साहलाई २५ मत अन्तरले हराउँदै डा. यज्ञराज खरेल निर्वाचित भएका छन् । खरेलले ३ सय २२ मत प्राप्त गर्दा साहले २ सय ९७ मत ल्याए ।
महासचिवमा डा. राजेन्द्र चौधरी निर्वाचित भए । चौधरीले ३ सय ५१ मत ल्याएर विजयी हुँदा डा. रविराज सिंहले २ सय ७५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठले ३ सय १० मत ल्याएर निर्वाचित भए ।
उनका निकटतम प्रतिस्पर्धी सिलवन्त सेन श्रीवास्तवे ३ सय ६ मत ल्याए । सहकोषाध्यक्षमा डा. जुबिन सिलवालले ३ सय ८० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा. सरवेस कुमार झाले २ सय ४८ मत प्राप्त गरेका छन् । सहसचिवमा सुनिल रेग्मीले ३ सय ६८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी २ सय ५९ मत ल्याए ।
सदस्यहरूमा डा. रोशन खड्का ३ सय १७, डा. अमर कुमार यादवल ३ सय २५, डा. अरबेन्द्र कुमार महतोले ३ सय २५, डा. अन्जु देवले ३ सय ९३, डा. पार्थ गुरागाईले ३ सय १८ र प्ररणा दाहालले ३ सय ५० मत ल्याएर निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्