प्रदेशसभा सांसदको कुर्सि निकाल्न नमिल्ने गरि वेल्डिगं

<span class='c1'>प्रदेशसभा सांसदको कुर्सि निकाल्न</span> <span class='c2'>नमिल्ने गरि वेल्डिगं</span>

७ महिनापछि भोली माघ ७ गते बुधबारबाट प्रदेश नं १ को प्रदेशसभाको ७ औं हिउदे अधिवेशन सुरु हुदैछ।
बैठकका लागि बैठक कक्षको पहिलेका कुर्सीहरु फेरीएको छ । अहिले सभाहलको कुर्सिहरु वेल्डिङ गरिएको छ ।
प्रदेशसभाको हिउँदे अधिवशेन भोली अपरान्ह २ बजे बोलाइएको छ । बैठकका लागि कुर्सी निकाल्न नमिल्नेगरी ‘वेल्डिङ’ गरिएको प्रदेश १ प्रदेशभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

नेकपा विभाजनले औपचारिकता नपाएका कारण बैठक कक्षमा सत्तापक्षको दुवै समूहका सदस्य बस्ने लाइन एउटै बनाइएको छ । एकले अर्कोलाई कारवाही र निषेध गरी अघि बढेका सत्ताधारी सांसदहरुको समूह नै कसरी प्रस्तुत हुन्छन् भन्ने एकिन नहुँदा संसद सचिवालयले भने यसलाई संवेदनशिल रुपमा लिएको छ ।
त्यसलाई मध्यनजर गर्दै प्रदेशसभा सचिवालयले १० जना मर्यादा पालक थप गरेको छ । प्रदेशको राजधानीको विषयबारे निर्णय गर्ने बेला प्रदेश ५ मा केही सांसदहरुले कुर्सी तोडफोड गरेका थिए । यसअघि संघीय संसदमा सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा बजेट प्रस्तुत गर्ने विषयमा पनि तत्कालिन माओवादी सांसदहरुले ब्रिफकेस खोस्न खोज्दा संसदमै तोडफोडको घटना पनि भएको थियो ।

त्यस्तो अवस्था आयो भने सांसदहरुले बस्ने कुर्सीलाई झिक्न (उचाल्न) नमिल्ने गरी एकआपसमा जोडेर वेल्डिङ गरिएको छ । त्यस्तो अवस्था आए कुर्सी उचाल्न नमिलोस् र सांसदहरु बस्दा नहल्लियोस् भनेर वेल्डिङ गरिएको हो ।

एउटै पङ्तीमा बसाएर प्रक्रिया अघि बढाउँदा हुनसक्ने सम्भावित असहजतालाई ध्यानमा राखेर संसद सचिवालयले सत्ता पक्षका सांसद बस्ने लाइनका सबै कुर्सीलाई ‘वेल्डिङ’ गरेर कसिलो बनाउने काम गरेको छ । बैठकका क्रममा हुने सक्ने सम्भावित जोखिकलाई टार्न कुर्सी जोडिसकेपछि त्यसलाई उचाल्नै नमिल्ने गरी भुईंमै जोड्न लागिएको सचिवालयले जनाएको छ । दल बिभाजन नभएका कारण सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूलाई साविक बमोजिम नै बस्ने व्यवस्था मिलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण प्रदेशसभाको छैटौं अधिवेशन भने दुईवटा सभाहलबाट सञ्चालन गरिएको थियो । तर सातौं अधिवेशन भने आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटै हलबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्