हिउँदे अधिवेशन आजबाट विराटनगरमा बस्दै, प्रदेशसभामा तनावको जोखिम

हिउँदे अधिवेशन आजबाट विराटनगरमा बस्दै, प्रदेशसभामा तनावको जोखिम

आजबाट प्रदेश एकको प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुदैछ । ७ महिनापछि आज माघ ७ गते बुधबारबाट प्रदेश नं १ को प्रदेशसभाको ७ औं हिउदे अधिवेशन सुरु हुन लागेको हो ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा संघिय संसद विघटन भएपछि देशभरको राजनैतिक समिकरण बिग्रिएपछिको यो अधिवेशनको महत्व विशेष छ । नेकपाकै असन्तुष्ट सांसदहरुले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् भने मुख्यमन्त्रीले केहि सांसदहरुलाई निलम्बन गरेका छन् । मुख्यमन्त्री राईले आफुले संसदीय दलको हैसियतले निलम्बन गरेका सांसदहरु ३ महिनासम्म प्रदेशसभा बैठकमा प्रवेश गर्न नपाउने बताएकाछन् । यसबाट प्रदेशसभा बैठकमा कसलाई पस्न दिने र कसलाई नदिने भन्ने समेत अन्यौल हुने देखिन्छ । यस प्रक्रियामा तनावको अवस्था सृजना हुन सक्ने जानकारहरु बताउछन् ।

आन्तरिक किचलोका कारण वैचारिक र व्यवहारिक फुँट देखिएपनि नेकपा विभाजनले औपचारिकता नपाएका कारण बैठक कक्षमा सत्तापक्षको दुवै समूहका सदस्य बस्ने लाइन एउटै बनाइएको छ । एकले अर्कोलाई कारवाही र निषेध गरी अघि बढेका सत्ताधारी सांसदहरुको समूह नै कसरी प्रस्तुत हुन्छन् भन्ने एकिन नहुँदा संसद सचिवालयले भने यसलाई संवेदनशिल रुपमा लिएको छ । सम्भावित तनाव र मुडभेडको अवस्था सृजना नहोस् र भइहाले त्यसलाई साम्य पार्न प्रदेशसभाको कुर्सीमा वेल्डिगं गर्ने, मर्यादापालक थप गर्ने लगायतको तयारी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्