विराटनगर महानगरले सुरु ग¥यो कोरोनाको दु्रत परीक्षण सेवा

विराटनगर महानगरले सुरु ग¥यो कोरोनाको दु्रत परीक्षण सेवा

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को द्रुत परीक्षण सेवा सुरु गरेको छ । सोमबार कोभिड परीक्षणको नयाँ प्रविधि एन्टिजेन टेष्टको शुभारम्भ विराटनगरका मेयर भीम पराजुलीले गरेका हुन् ।

२० मिनेटमा परीणाम थाहा पाइने सो परीक्षण मेयर पराजुलीको गरिएको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण भए नभएको रिजल्ट दु्रत गतिमा हेर्न सकिने भएकाले धेरै मानिसहरुले पहिले जस्तो झन्झट बेहोर्नु नपर्ने विराटनगर महानगरका स्वास्थ्य निरीक्षक दिलिप यादवले जानकारी दिए ।
महानगरले सञ्चालन गरेको कोभिड परीक्षणमा अहोरात्र खटिरहेका ल्याव टेक्निसियन अधिकृत मानिकचन भगत, ल्याव टेक्निसियन निता लुइटेल लगायत नौ जनाको गरिएकोमा सबैको रिजल्ट नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्