रोष्टम छेक्ने र संसद छेक्ने बीच प्रदेशसभामा ठेलाठेलको संभावना, सुरक्षाकर्मीको संख्या बढाईयो (फोटो फिचरसहित)

रोष्टम छेक्ने र संसद छेक्ने बीच प्रदेशसभामा ठेलाठेलको संभावना, सुरक्षाकर्मीको संख्या बढाईयो (फोटो फिचरसहित)

विराटनगर। प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठकमा संभावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा परिसरमा प्रहरीको संख्या बढाइएको छ । केहिबेरमा सुरु हुने सातौ अधिवेशन नेकपाको विवाद र विभाजनउन्मुख घटनाले प्रभावित बन्ने संभावना बढेको छ । संभावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीको संख्या बढाइएको हो । सत्तारुढ दल नेकपाका दुई समूहले एक–अर्कालाई निषेध गर्ने मनसायसहितको तयारीमा जुटेका छन् । उनीहरुका बैठकमा भए\गरेका निर्णयका आधारमा प्रहरीले दोहोरो भिडन्त र हानाहानको अवस्थासम्म पुग्ने सूचना प्राप्त गरेको छ ।


प्रचण्ड–माधव समूहले बुधबारदेखि सुरु हुने प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरिसकेको छ । तर, ओली समूहका मुख्यमन्त्रीसहितको लाइनले लिनम्बन गरिएका प्रचण्ड–माधव नेपाल समूहका १६ जनालाई प्रदेशसभामा प्रवेश गर्न नदिने तयारीमा जुटेको छ । संसद प्रवेशमा रोक्ने र रोष्टममा रोक्नेबीच बुधबार निक्कै खतरापूर्र्ण अवस्था आउनसक्छ, सुरक्षा सम्वद्ध एक अधिकारीको दावी अनुसार दुवैतर्फले एकले अर्कोलाई हात हालाहालको पोजिसनसम्म लिने सूचना प्राप्त भएको छ ।


‘बहुमत सदस्यले मुख्यमन्त्रीलाई दलको नेताबाट हटाएकाले मुख्यमन्त्रीले बुधबार दलको नेताको हैसियतमा प्रदेशसभाको रोष्टमबाट सम्वोधन गर्न नपाउने प्रचण्ड–माधव समूहको अडान छ । उनीहरुले भीम आचार्यलाई नै दलको नेताको हैसियतमा उभ्याउनु पर्ने माग राख्ने भएका छन् । अर्कोतर्फ निलम्वनमा परेका सदस्यलाई संसदीय गतिविधिमा सहभागी हुन नदिने ओली समूहको तयारी छ । ओली समूहले प्रचण्ड–माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई संसद बैठकमै प्रवेश गर्न नदिने गरि त्यसको विविध आयामको तयारी गरिसकेको छ ।


प्रदेशसभा परिसरमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । त्यस बाहेक संसद बैठक सुरु हुनु अगाडी नै चासो राख्नेहरु समेत त्यस परिसरमा पुगेका छन् । प्रहरीले पूर्वमा देवकोटाचौक र पश्चिमतर्फको नाका अस्पताल चौकदेखि आवातजावतमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्