तीन मिनेटमै सकियो प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक

तीन मिनेटमै सकियो प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक

बिराटनगर । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र समामुखले पढ्ने र राष्ट्रिय गानमा सरिक हुने बाहेक प्रदेश १ प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकले कुनै प्रक्रिया अगाडी नबढाई स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको हो ।


प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी गराएपछि प्रदेशसभा सदस्यहरु बाहिर निस्केका थिए । नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने सहमतिसहितको निर्णय गरेको थियो । त्यहि निर्णयका आधारमा हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परालाई तोड्दै बैठक क्षणभरमै स्थगित गरिएको थियो ।

संसदको अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो लगाइएको छैन । नेकपाको विभाजनपछि बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहले बनाएको थियो । यसैगरी प्रचण्ड–माधव पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै उनलाई बोल्न नदिने रणनीति बनाएको थियो ।  प्रदेशसभामा मुठभेडको स्थिति आउनसक्ने आँकलन गर्दै मर्यादापालकको संख्या बढाइएको थियो । तर, प्रदेशसभा बैठकमा भने निलम्बन गरिएका भनिएका सांसदहरुको पनि सहभागीता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्