प्रदेशसभा बाहिर प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी

प्रदेशसभा बाहिर प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी

बिराटनगर । प्रदेश १ प्रदेशसभा बाहिर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरिएको छ । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभामा बसिरँहदा बाहिर प्रधामन्त्री विरुद्ध युवा विद्यार्थीले नाराबाजी गरेका हुन् ।


उनीहरुले संसद विघटन गराउने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरेका थिए । प्रदेशसभा भित्र र बाहिर समेत खतराको संभावना रहेको भन्दै बाहिरी परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । पहिलो बैठक भने शान्तपूर्वक तीन मिनेट बसेर स्थगित भएको छ । सत्तारुढ नेकपाको विवादका कारण निलम्बन गरिएका १६ सांसदलाई प्रदेशसभामा प्रवेश नदिने योजनामा रहेको ओली समूहले अवरोध भने गरेको छैन ।

प्रदेशसभामा मुठभेडको स्थिति आउनसक्ने आँकलन गर्दै मर्यादापालकको संख्या बढाइएको थियो । भित्री र बाहिरी परिसरको सुरुक्षालाई ख्याल गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएपनि शान्तसँग राष्ट्रिय गानमा सरिक भएर प्रदेशसभा सदस्यहरु फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्