अन्नपुर्ण केवलद्वारा जनजाती कल्याण आश्रमलाई आर्थिक सहयोग

अन्नपुर्ण केवलद्वारा जनजाती कल्याण आश्रमलाई आर्थिक सहयोग

विराटनगर । अन्नपुर्ण केबलले जनजाती कल्याण आश्रम नेपालद्वारा विराटनगरमा संचालित आमाको माया छात्राबासलाई आर्थिक सहयोग गरेको छ ।

अन्नपुर्ण केवलका संचालक श्याम राठीले नगद २५ हजारको चेक सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको हो । आश्रम हातामै आयोजना भएको सहयोग हस्तान्तरणको अवसरमा उक्त सहयोग आश्रमका अध्यक्ष मनोज साहले ग्रहण गर्नु भएको थियो ।
यस अघि पनि अन्नपुर्ण केवलले आश्रमलाई भवन निर्माणको लागी १ लाख सहयोग गरि सकेको अन्नपुर्ण केवलका बजार व्यवस्थापक सुरज दाहालले जानकारी दिनुभयो ।
आमाको माया छात्रावास विराटनगर ७ स्थित मोतिराम मार्गमा संचालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्