बिराटनगरमा शनिबार विधुतीय गाडीको प्रदर्शनी हुने

बिराटनगरमा शनिबार विधुतीय गाडीको प्रदर्शनी हुने

दिगो नेपाल उर्जा कम्पनीको आयोजनामा बिराटनगरमा शनिबार विधुतीय गाडीको प्रदर्शनी हुने भएको छ ।
दिगाको दिगो ई६ (मिनीबस) र दिगो डाँफे (माइक्रोबस) को टेस्ट ड्राइभसहित बिराटनगरको इस्टर्न स्टार होटेलमा माघ १० गते शनिबार बेलुकी ४ बजेदेखि प्रदर्शनी हुने कम्पनीकि मार्केटिंग अफिसर निकिता पाठकले बताइन ।

कम्पनीले पुर्वका बिभिन्न ठाउमा उक्त विधुतीय सवारीसाधनको प्रदर्शनी साथै टेस्ट ड्राइभ गराउने पाठकले बताइन ।

दिगोको बारेमा
दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । यो कम्पनी यात्रा गर्ने अझ बढी जिम्मेवार विधि छ भन्नेमा विश्वास गर्दछ र यसैलाई चीरस्थायी बनाउन प्रतिबद्ध छ । दिगो पर्यामैत्री यातायाततर्फको परिवर्तनमा उत्प्रेरकको भूमिका खैल्दै अन्ततः वातावरणीय रुपमा दिगो नेपालको मार्ग प्रशस्त गर्ने काममा उत्प्रेरक बन्न चाहन्छ ।

‘उत्सर्जनशून्य’ भविष्यको लक्ष्य हासिल गर्न दिगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नुका साथै सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङ जस्ता यस क्षेत्रका नेतृत्वदायी कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । यस प्रतिबद्धतालाइ सुनिश्चितता गर्छ विश्वस्तरे बिक्री पछिको सेवा र २४ घण्टो ग्राहक सेवा ले।

दिगो ई६ (मिनीबस) बारे
प्राविधिक रुपमा उन्नत डिजाइनको दिगो ई६ मिनीबस सुविस्ता, सुविधा र बसभित्र उपलब्ध हुने अन्य सम्पूर्ण व्यवहारिक विशेषताको मिश्रण हो । यसले २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित तथा आरामदायी यात्राको अनुभव दिलाउँछ । आफ्नो व्यवसायलाई अगाडि बढाउन यो एउटा उत्कृष्ट सवारी साधन हो । दिगो ई६ सबै प्रकारका र दीर्घकालीन लचकता प्रदान गर्न र सहन विकास गरिएको सवारी साधन हो ।
यो उच्चतम सुविधा, लागत न्यूनीकरण र कार्बन निष्प्रभावी बनाउन पुनः परिभाषित बिलासी यात्रुबाहक सवारी साधन हो । पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारी साधन हो । यो बसमा आवश्यकता अनुसार १४, १६, १७ र २० जनासम्मको लागि व्यक्तिगत सिट भएको बनाउन मिल्छ । यसलाई सहरभित्रको वा एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको रुपमा प्रयोग गर्न सकिन्छ ।

८० किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर रहेको यो मिनीबस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २१० किलोमिटरसम्म गुड्छ (एनइडिसी २८० किलोमिटर )। यो बसको प्रतिकिलोमिटर बिजुली खर्च ३ रुपैयाँ २ पैसा मात्र पर्न आउँछ, जुन डिजेलको करिब १३ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ७० प्रतिशत कम हो ।

दिगो डाँफे (माइक्रोबस) बारे
११ सिटको दिगो डाँफे डिजाइन, सुविधा र विश्वसनीयताको प्रतीक हो । यो बलियो बहुउद्देश्यीय विद्युतीय माइक्रोबस यात्रालाई सजिलो र आरामदायी बनाउनुका साथै बढीभन्दा बढी आम्दानीका लागि प्राविधिक रुपमा उन्नत विशेषताले भरिपूर्ण छ । डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको लागि उत्तम विकल्प हो ।


४२ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो सवारी साधन एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३०० किलोमिटर) । यो माइक्रो बसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलको करिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्