पुनर्कर्जा प्रणाली सहज बनाउन पूर्वका उद्योगीको माग

<span class='c1'>पुनर्कर्जा प्रणाली सहज बनाउन</span> <span class='c2'>पूर्वका उद्योगीको माग</span>

विराटनगर । पूर्वका उद्योगीले पुनर्कर्जा प्रणालीलाई सहज बनाउन माग गरेका छन् । नेपाल उद्योगवाणिज्य महासंघको प्रदेश नम्बर १ को पदस्थापन समारोहका क्रममा बुधबारउद्योगी व्यवसायीले आफ्ना समस्याहरु सम्बोधन हुनुपर्ने माग अगाडी सारेका हुन् ।

उद्योगी व्यवसायीले पुनर्कर्जा लिन समस्या भएको बताउँदै महासंघका उपाध्यक्ष चन्द ढकाललाई पहल गरिदिन माग गरेका थिए । महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले पुनर्कर्जाको ८० अर्बमध्ये १० अर्ब मात्र लगानी भएको तथ्याङ्क प्रस्तुत गर्दै पुनर्कर्जाको प्रक्रियालाई सरल बनाउनु पर्ने माग गर्नु भएको थियो ।

‘पुरानो कर्जामा थप्न सजिलो भएपनि नयाँ पाउन गाह्रो छ राउतले भन्नुभयो–त्यसमा पनि २० करोडसम्म मात्र पुनर्कर्जा दिने भएकाले ठूला उद्योग वञ्चित भएका छन् । कोभिडले ग्रस्त उद्योगलाई पुनर्कर्जा दिन उद्योगीले आग्रह गरेका छन् ।
यसैगरी महासंघको प्रदेश नम्बर १ का नवनिर्वाचित अध्यक्ष टीकाराज ढकालले उद्योगको दर्ता प्रक्रिया र वातावरणीय प्रभाव मूल्याङ्कनमा धेरै समय लाग्ने दुखेसो गर्नु भएको थियो । महासंघका केन्द्रीय सदस्य उमेश डालमियाँले राजमार्गमा प्रहरीले निर्दोष व्यवसायीलाई दुःख दिएको गुनासो गर्नुभयो ।
उद्योगी व्यवसायीलाई आश्वासन दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले तीन तहकै सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझेदार नबनाएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्