लामो समयपछि खुल्दै आरोहण गुरुकुल,आज शुक्रबारदेखि ‘सन्ध्या’ मञ्चन हुने

लामो समयपछि खुल्दै आरोहण गुरुकुल,आज शुक्रबारदेखि ‘सन्ध्या’ मञ्चन हुने

विराटनगर । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटकघरहरु धमाधम खुल्न थालेका छन् ।
गतवर्षको चैतदेखि बन्द रहेका नाटकघरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदैछ । यहिक्रममा आरोहण गुरुकुल विराटनगरमा आज शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुदैछ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आज दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ ।

सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर खोल्ने निणर्यमा पुगिएको आरोहण, विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । १० महिना भन्दा बढि समयदेखि बन्द रहेको नाटकघरमा नाटक मञ्चन गर्दै नाटकघर सबैका लागि खुला भएको सन्देश दिन समेत लागिएको क्षेत्रीले बताए । धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन गरिएको थियो । नाटकमा विकास पराजुली, सविन भट्टराई, जिना कार्की, अनुपमा बास्तोला, प्रदीप दाहाल, मिलन राई, अशोक गौतमले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्