‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध हुनुपर्ने माग गर्दै विभागलाई ध्यानाकर्षण

<span class='c1'>‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध</span> <span class='c2'>हुनुपर्ने माग गर्दै विभागलाई ध्यानाकर्षण</span>

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले औषधी व्यवस्था विभागमै दर्ता भएका ‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध गराउन माग राख्दै औषधी व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिना र उपाध्यक्ष देशबन्धु ढकालले काठमाण्डौं पुगेर नेपाल औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

लाइभ सेभिङ औषधी सहज उपलब्ध नहँुदा विरामीको मृत्युसम्म हुन सक्ने भएकोले सहज आपूर्ति गराउनुपर्ने संघको माग छ । ‘नेपालमा सूचिकृत नभएका तर मानव जिवन बचाउन अत्यावस्यक पर्ने केहि औषधी अहिलेपनि कालो बजारीको माध्यमबाट विक्री वितरण भइरहेको छ । त्यसबाट मानिस मृत्युवरण गर्नबाट बचिरहेको अवस्थापनि हो । त्यस्ता औषधीलाई यहाँको कार्यकालमा कोलोबजारीको माध्यमबाट नभई कुनै माध्यमबाट व्यवस्थित गरि सबै औषधी व्यवसायीले आधिकारीक रुपमा सहज विक्री वितरण गर्ने अवस्था सृजना गर्न नेपाल औषधी व्यवसायी संघ मोरङको माग गर्दछ,’ संघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेखेछ ।

यस्तै संघले पोषणयूक्त खाद्यान्न बनाउने (न्यूट्रासिटिकल) सामाग्री ठूला आयातकर्ताले ल्याउँदा केहि नगर्ने तर साना औषधी पसलहरुमा राखेर विक्री वितरण गर्दा विभागले कार्वाही गर्ने प्रवृतिको अन्त्य गरिनुपर्ने माग राखेका छन् । पोषणयूक्त खाद्यान्न सामाग्री आयात गर्ने मुल्य र विक्री गर्ने मुल्यको अन्तर धेरै भइरहेकोले उपभोक्ता मारमा परिरहेकोले त्यसलाई नियन्त्रण गर्न र औषधीको मुल्यलाई एकरुपता कायम विभागले गराउनुपर्ने बताइएको छ ।

‘भारतसँग सिमाना जोडिएको मोरङको दक्षिण क्षेत्रदेखि प्रतिबन्धित तथा नेपालमा सहज रुपमा विक्री वितरण भइरहेका औषधीहरु समेत तस्करी हुने गरेको छ । तर तस्करीका औषधी र भरिया फेला परेपनि तस्करी गर्ने व्यक्ति तथा गिरोहहरु पक्राउ नपर्नुले इमान्दारीका साथ व्यवसाय गर्ने आम औषधी व्यवसायीहरु मार्कामा परेका छन् । त्यसैले औषधीको तस्करी गर्ने जुनसुकै व्यक्ति तथा गिरोहमाथी कडा कार्वाही गरि औषधी व्यवसायलाई मर्यादित र व्यवस्थित गराउन यहाँको ध्यानाकर्षंण गराउन चाहान्छौं,’ संघले बुझाएको पत्रमा उल्लेखछ । संघले औषधी व्यवस्था विभागमा नयाँ आएका महानिर्देशक भरत भट्टराईलाई भेटर स्वागत सम्मान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्