लागुऔषध कारोबारी भारतिय महिला विराटनगरमा पक्राउ

लागुऔषध कारोबारी भारतिय महिला विराटनगरमा पक्राउ

विराटनगर । बिराटनगर–१५ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित एक भारतिय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् ।

उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको हो । उनी विरुद्ध प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । उनी नेपालमा लागुऔषध भित्र्याउने भारतीय कारोबारी भएको बुझिएको छ ।

यसैगरी झापा दमक–८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई–२ का २१ बर्षीय कनैया गनगाई र रतुवामाई–८ का २० बर्षीय राज कुमार गनगाई रहेका छन । शुक्रबार विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनिहरु दुबै जनालाइ नियन्त्रणमा लिएको थियो ।


नियनत्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोईन ब्राउनसुगर पेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ४ हजार ७ सय रुपैया समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनएको छ ।
यसै गरी झापाको मेचीनगर–६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी–२ का ३१ बर्षीय सुजन परियार लागुऔषध सहित पक्राउ परेका छन । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।
यसरी लागुऔषध सहित पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्