पथरीशनिश्चरेका भण्डारी परिवारको बिलौना : छोराको हत्या गरियो तर अनुसन्धान भएन

पथरीशनिश्चरेका भण्डारी परिवारको बिलौना : छोराको हत्या गरियो तर अनुसन्धान भएन

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरीखिस्तिका १९ बर्षीय सन्दिप भण्डारीको मृत्यु नभई हत्या नै भएको परिवारले दावी गरेका छन् । शंकास्पद मृत्यु भएको घटनामा आरोपीलाई पक्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न पीडित परिवारले माग राखेका हुन् । मृतकका आफन्तहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन सहयोग गरिदिन पत्रकार सम्मेलन गरि आग्रह गरेका हुन् ।

गत पुस १४ गते भण्डारीको पथरीशनिश्चरेका नगरपालिको मंगलबारेस्थित युवराज बास्कोटाको घरमा मृतक अवस्थामा भेटिएको थियो । नेपाल कम्यूनिष्ट पार्टी(ओली समूह) का केन्द्रीय सदस्य समेत रहेका वास्कोटाको घरमा सुत्न जाने भन्दै भण्डारी १३ पुस साँझमा गएका थिए । मृत अवस्थमा फेला परेका भण्डारीको शरिरमा निलडाम र कानमा पनि चोट देखिएको आमा राधिका भण्डारीको भनाई छ । छोराको मृत्यु नभएर हत्या भएकोले प्रहरीले गहन रुपमा अनुसन्धान गरि दोषिलाई कारवाहीको दायरमा ल्याउनुपर्ने माग उनले राखिन् ।

‘छोराको मृत्यु भएको यतिका दिन भयो अहिलेसम्म प्रहरीले आरोपीलाई ल्याएर अनुसन्धान गरेको छैन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मेरो छोराको हत्या भएको हो । मैले किटानी जाहेरी पनि दिएको एक साता भन्दा बढी भयो । अहिलेसम्म प्रहरीले पक्राउ गरि अनुसन्धानको दायारामा ल्याएको छैन ।’


मृतकका आमा राधिकाले छोराको हत्या आरोप लगाउँदै नेता बास्कोटा विरुद्ध किटानी जाहेरी इलका प्रहरी कार्यालय पथरीमा दिएकी थिइन् । तर, प्रहरीले हालसम्म बास्कोटालाई पक्राउ गरी अनुसन्धान अघि नबढाएको पीडित परिवारको गुनासो छ । नेता बास्कोटालाई संरक्षण गरेकोले प्रहरी प्रशासनले पक्राउ नगरेको पीडित परिवारको भनाई छ । प्रशासनले न्याय दिनेतर्फ भन्दा पनि नेता बास्कोटालाई उन्मुक्ति दिन खोजेको आमा राधिकाको आरोप छ ।

‘छोराको मृत्यु भएको दुई साता भयोे,’ उनले भनिन, ‘छोराको स्वभाविक मृत्यु नभई नियोजित हत्या भएको देखिन्छ । तर, पनि प्रहरीले बास्कोटालाई पक्राउ गरेको छैन ।’ दोषीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दासमेत प्रहरीले गम्भिरता पूर्वक नहेरेको मृतकका बावु गोपाल भण्डारीले बताए । पीडित परिवाले सत्यतथ्य बाहिर ल्याउन माग राखेका छन् ।

केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारी परिवारको भनाई छ । बास्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण भएको अनुसन्धान गरिनुपर्ने उनीहरुको माग छ । राधिका र गोपालका सन्जिव कान्छो छोरा हुन् । उनीहरुका दुई छोरा मात्र छन् ।

यता इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले भिसेरा रिर्पोट आइनसकेकाले अहिले नै एकिन हुन नसकेको बताए । आफु भर्खरै सरुवा भएर आएको र घटना आफु आउनुभन्दा अगाडीको घटना भएकोले यस विषयमा अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्