ग्रीलमा ठगी धन्दा : ६१ केजीको ठाँउमा ९० देखाएर कारोबार गर्ने संचालक पक्राउ

ग्रीलमा ठगी धन्दा : ६१ केजीको ठाँउमा ९० देखाएर कारोबार गर्ने संचालक पक्राउ

विराटनगर । डिजिटल तराजुमा तौल बढाएर उपभोक्ता ठगी गरेको आरोपमा एक जना ग्रील वर्कसपका व्यापरी पक्राउ परेका छन् ।
मोरङको कटहरी गाउँपालिका २ आर्दशटोलमा रहेको न्यू आरोही ग्रील वर्कसप संचालक प्रकास साहलाई उपभोत्तालाई ठगी गरेको आरोपमा शनिबार मोरङ प्रहरीले पक्राउ गरेको हो ।


साहले ६१ केजीको ग्रीलको ढोका ९० केजी भन्दै उपभोक्तालाई ठगी गरि विक्री गरेको आरोप छ । साहले मोरङ जहदा गाउँपालिका ४ मधुराटोलका एबिन श्रेष्ठलाई ग्रीलको ढोका खरिद गर्दा ठगी गरेको खुलेको छ । श्रेष्ठले साहको वर्कसपदेखि केही दिन अगाडी ग्रीलको ढोका खरिद गरेका थिए । ‘प्रतिकेजी १ सय २५ रुपैयाँले ९० केजीको ग्रीलको ढोका ११ हजार २ सय ५० रुपैयाँ तिरेर खरिद गरेको थिएँ,’ उपभोक्ता श्रेष्ठले भने, ‘कम तौल भएजस्तो लागेर अर्को ग्रीलको उद्योगको तराजुमा लगेर तौलिदा ६१ केजी देखायो । त्यसपछि आफु ठगीमा परेको पत्तो पाए ।’ साहले संचालन गरेको डिजिटल तराजुमा ९० केजी देखाएपछि अर्कोमा लगेर चेक गर्दा ६१ केजी मात्र देखाएको उनले बताए । संचालक साहले उपभोक्ता श्रेष्ठलाई बढी तौल देखाएर २९ केजीको ३ हजार ६ सय २५ रुपैयाँ ठगी गरेका छन् ।

डिजिटल तराजुमा तौल बढाएर उपभोक्ता ठगी गरेको पाएपछि साहलाई हाटखोला प्रहरी कार्यालयका प्रमुख सीमा डाँगीको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।
‘ग्रील वर्कसपले उपभोक्तालाई ठगी गरेको उजुरी आएपछि संचालकलाई नियन्त्रणमा लिएका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘घर बनाउने उपभोक्तालाई कम तौलको ग्रिलको ढोका दिएर बढी पैसाँ लिएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको छ । यस घटनामा अहिले अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका साहलाई प्रहरीले आइतबार कालोबाजरी ऐनअन्र्गत मुद्दामा म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्