संसदमा खड्ग प्रहार : नेता पौडेल

संसदमा खड्ग प्रहार : नेता पौडेल

विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा खड्ग प्रहार गरेको बताउनु भएको छ ।
विराटनगरमा शनिबार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता पौडेलले गैरसंवैधानिक कमद चालेर बिना कारण संसद बिघटन गरिएको दावी गर्नु भएको हो ।

जनताले लडेर ल्याएको गणतन्त्रमा संविधानमाथि प्रहार गरिएको बताउँदै नेता पौडेलले अदालतले जनता र संविधानको मर्मलाई सच्याउँछ भन्ने विश्वास राखेको बताउनुभयो ।
प्रधानमन्त्रीले अदालत र जनताको दुहाई दिदैं धम्की दिने गरेकोप्रति नेता पौडेलको कडा आक्रोश थियो । हामीले अदालतसँग भर राखिरहेका छौं, यो कमद सच्चिनु पर्नेमा हामी दृढतापूर्वक उभिनेछौं नेता पौडेलले भन्नुभयो प्रतिपक्षी आवाज बलियोसँग सार्नेछौं ।
नेपाली काँग्रेसले अहिलेको सवालमा बलियो आवाज बुलन्द गर्नुपर्दछ, नेता पौडेलले भन्नुभयो–प्रत्येक समय लोकतन्त्रका लागि नेपाली काँग्रेस जनताको आधार बन्नुपर्दछ । नेता पौडेलले अहिले नै निर्वाचनको प्रक्रियामा जानु महिना नपुग्दै गर्भपतन गराएर अर्को बच्चा खोज्नु जस्तै भएको बताउनुभयो ।

कम्यूनिष्ट पार्टीलाई जनताले गरेको विश्वासमा कुठाघात गरिएको बताउँदै नेता पौडेलले पाँचवर्षसम्म काँग्रेसले सरकारको अपेक्षा नगर्ने पनि बताउनुभयो । उहाँले विकासको बजेट कटाएर विदेशीसँग ऋण लिएर चुनाव गर्नु उचित नहुने बताउँदै संसद पुर्नस्थापनामा अदालतसँग प्रतिक्षा गरिरहेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले समाजलाई पछाडी फर्काउन नसकिने भएकोले संविधानको रक्षाका लागि एकिकृत आन्दोलनमा जान आवश्यक रहेको बताउनुभयो । उहाँले समाजको गतिशिलतासँग प्रधानमन्त्रीको कमद मेल नखाएको बताउँदै यसलाई सच्याउन आवश्यक रहेको बताउनुभयो ।
काँग्रेसका अर्का नेता गुरुराज घिमिरेले विधि र पद्धतीमाथि व्यक्ति हावी हुँदा काँग्रेस मौन बस्न नसक्ने बताउनुभयो । उहाँले राज्यका सबै अंगमा व्यक्ति हावी हुँदा लोकतन्त्र धरापमा पर्छ भन्ने उदाहरण प्रधानमन्त्रीको कदमबाट पुष्टि भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्