अयोग्य लडाकुको प्रेम सम्बन्धको कथा भएको नाटक ‘सन्ध्या’ गुरुकुलमा

अयोग्य लडाकुको प्रेम सम्बन्धको कथा भएको नाटक ‘सन्ध्या’ गुरुकुलमा

आरोहण गुरुकुल विराटनगरमा शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन सुरु भएको छ ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ ।

अयोग्य लडाकुको प्रेम सम्बन्धलाई नाटकमा उतारिएको छ । धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन गरिएको थियो । नाटक मञ्चनसँगै कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नाटकघर खुला भएको घोषणा पनि गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर सबैका लागि खुला भएको अध्यक्ष भैरव क्षेत्रीले घोषणा गरे । नाटकमा विकास पराजुली, सविन भट्टराई, जिना कार्की, अनुपमा बास्तोला, प्रदीप दाहाल, मिलन राई, अशोक गौतमले अभिनय गरेका छन् । लकडाउन अन्त्य भएको लामो समयपछि मात्र नाटकघरहरु खुल्न थालेका हुन् । विगत १० महिना बढि समयदेखि ठप्प रहेको रंगमञ्च क्षेत्र खुला भएसँगै जोखिम कम गर्दै नियमित रुपमा नाटक मञ्चन गर्ने तयारीमा रंगकर्मीहरु लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्